
काठमाडौं, ३ असोज । नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगमा बुझाएको प्रदेश तथा प्रतिनिधिसभातर्फका समानुपातिक उम्मेदवारहरूको बन्दसूचीमा अर्कै पाटर्टीको पाँच जनाको नाम पारिएको छ ।
माओवादी केन्द्रले सोमबार अबेर बुझाएको समानुपातिक उम्मेदवारको सूचीमा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)का पाँच जनाको नाम समावेश गरिएको हो ।
बाबुराम नेतृत्वको समाजवादीले माओवादीको चुनाव चिह्न लिने सहमति भएअनुसार समाजवादीका नेताहरूलाई माओवादीले समानुपातिक उम्मेदवारमा समावेश गरेको बताइएको छ ।
माओवादीले प्रतिनिधि सभातर्फ ११० र प्रदेश सभातर्फ २२० जनाको नाम समावेश गरेर बन्दसूची पेश गरेको छ ।















प्रतिक्रिया