३ कार्तिक २०८३, मंगलबार

सन्दीप लामिछानेलाई पक्राउ गर्न नेपाल प्रहरीद्वारा इन्टरपोलमा पत्राचार

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ भदौ । राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई खोज्न नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)लाई पत्राचार गरेको छ ।

आइतबार सन्दीपविरुद्ध नोटिस जारी गर्न इन्टरपोल शाखामार्फत अनुरोध गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले बताएको छ । सदस्य राष्ट्रका प्रहरी सङ्गठनहरूको आग्रहमा इन्टरपोलले रेड, एल्लो जस्ता नोटिस जारी गर्दै आएको छ ।

क्याराबियन प्रिमियर लिग क्रिकेट खेल्नका लागि जमैकामा रहेका लामिछाने आफूविरुद्ध बलात्कार मुद्दामा जाहेरी दर्ता भएपछि बेखबर छन् । सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमार्फत आफू निर्दोष रहेको भन्दै कानुनी लडाइँ लड्ने बताएका उनी त्यसपछि बेखबर रहँदै आएका छन् ।