३ कार्तिक २०८३, मंगलबार

अदालतको आदेशपछि पनि रोकिएनन् बालेन, टुकुचा उत्खनन् कार्य जारी

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असोज । काठमाडौं महानगरपालिकाले पाटन उच्च अदालतको आदेशको बाबजुद पनि टुकुचा उत्खनन कार्यलाई निरन्तरता दिएको छ ।

आज कमलपोखरी क्षेत्रमा टुकुचा उत्खनन् भइरहेको छ । महानगरपालिकाको डोजरसहितको टोलीले सोमबार हात्तीसार–कमलपोखरी क्षेत्रमा पुगेर उत्खनन् जारी राखेको हो ।

महानगरले यसअघि जयनेपाल हल र कमलादीस्थित लक्ष्मी बैंक नजिक र हात्तिसार क्षेत्रमा टुकुचा उत्खनन् गरेको थियो । त्यसपछि उच्च अदालत पाटनले टुकुचा खोला अतिक्रमण गरी निर्माण भएका संरचना तत्काल नहटाउन अल्पकालीन आदेश दिएको थियो । तर, महानगरले अदालतको आदेश उल्लंघन गर्दै आज पनि आफ्नो काम जारी राखेको हो ।