३ कार्तिक २०८३, मंगलबार

जनताको अधिकार र राष्ट्रिय स्वाभिमानका लागि संविधानको रक्षा गरौं : ईश्वर पोखरेल

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असोज । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले जनताको अधिकार र राष्ट्रिय स्वाभिमानका लागि संविधानको रक्षा गर्दै अघि बढ्न आह्वान गरेका छन् ।

आठौँ संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधानको रक्षामा जोड दिएका हुन् ।

२०७० सालमा भएको दोस्रो संविधानसभाले २०७२ असोज ३ गते ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो । संविधान जारी भएको दिनलाई सरकारले संविधान दिवसमा रूपमा मनाउँदै आएको छ । सोही अनुसार आज विभिन्न कार्यक्रम गर्दै यो दिवस देशभर मनाइँदै छ ।