
काठमाडौं, ३ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको पदाधिकारी बैठक छोडेर सोलुखुम्बु पुगेका छन् ।
नेपाली सेनाको हेलिकोप्टर चार्टर गरेर उनी सोमबार सोलुखुम्बु पुगेका हुन् । उनको साथमा नेताहरू अर्थमन्त्री एवम् उपमहासचिव जनार्दन शर्मा, सचिव राम कार्की, प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्वाङलगायत पनि सोलुखुम्बु पुगेका छन् ।
समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची टुंग्याउन सोमबार बिहान बोलाइएको पदाधिकारी बैठक स्थगित गरेर उनीहरू एकाएक सोलुखुम्बु पुगेका हुन् ।
सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिकाको भवन उद्घाटन, ५० शय्याको सामुदायिक अस्पताल र इन्जिनीयरिङ कलेजको उद्घाटन गर्न प्रचण्डसहितको टोली सोलुखुम्बु पुगेको बताइएको छ ।
यता पार्टीको पदाधिकारी बैठक अहिले केहीबेरपछि (२ बजे) बस्ने जनाइएको छ ।















प्रतिक्रिया