
काठमाडौं, २ असोज । ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’ सिफलले आफ्नो पहिलो वार्षिकोत्सव मनाएको छ ।
प्रमुख अतिथि चलचित्रकर्मी तथा अभिनेता कृष्ण मल्ल, विशिष्ठ अतिथिहरु नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराई, काठमाडौं महानगरपालिका–८ का अध्यक्ष आश्मान संगतको उपस्थिति थियो ।
त्यस्तै अन्य अतिथिहरूमा सञ्चारकर्मी तथा कलाकार सूर्य चन्द, राष्ट्रिय क्रिकेट खेलाडी शरद भेषवाकर, लोकप्रिय गायकहरु मानसराज, कर्णराज गिरी, शंकरलाल श्रेष्ठ लगायतको उपस्थिति थियो ।
विभिन्न विशिष्ठ व्यक्तित्वमाझ केक काटेर ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’ सिफलले आफ्नो पहिलो वार्षिकोत्सव मनाएको हो ।
बर्गर हाउस सिफल खानाको पारखीहरुका लागि एक उत्कृष्ट गन्तब्य बनेको छ । अत्याधुनिक प्रविधिको हाइजिन मेन्टेन तथा गुणस्तरीय सेवा सुबिधाले सु–सम्पन्न भएको रेस्टुरेन्ट ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’ स्वेदेशी तथा विदेशी खानाका पारखीहरुलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा रेष्टुराँ सञ्चालनमा ल्याइएको बताइएको छ ।
विभिन्न परिकारका खाना तथा ड्रिंक्सका पारखीहरुलाई फरक स्वाद चखाउने उद्देश्यले सञ्चालनमा ल्याएको यस रेष्टुराँमा पारिवारिक तथा रमाइलो बातावरणमा सेवा सुविधा लिन सकिन्छ भने खानासँगै गीतसंगीतको भरपुर आनन्द लिन सकिने सञ्चालकहरूको भनाइ छ ।
‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’ सिफलले यही असोज ८ गतेसम्म सम्पूर्ण आफ्ना ग्राहकहरुलाई सबै खानाको परिकार र ड्रिंक्सहरूमा १५% छूट दिने रेष्टुराँ सञ्चालक सन्दिप महतले जानकारी दिए ।
रेष्टुराँमा फरक–फरक स्वादका खानाका मेनुहरु रहेका छन् ग्राहकहरुको स्वादलाई ध्यानमा राखेर उनीहरूको मागलाई उच्च प्राथमिकता दिएर सेवा सुबिधा प्रदान गरिने अर्का सञ्चालक प्रतिक श्रेष्ठले बताएका छन् ।















प्रतिक्रिया