३ कार्तिक २०८३, मंगलबार

आईएमई मोटर्सले लोन मेलाको आयोजना गर्ने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असोज । आईएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेल्याण्डले ग्राहकहरुलाई लक्षित गरी लोन मेला आयोजना गर्ने भएको छ ।

काठमाडौँ, नेपालगन्ज, जीतपुर, इटहरी र बर्दिबासमा असोज २ गतेदेखि ४ गतेसम्म र बिर्तामोड, बुटवल, धनगढी, हेटौंडा, पोखरा र दाङमा असोज ६ गतेदेखि ७ गतेसम्म गरी दुई चरणमा सम्पन्न हुने उक्त मेलाको भरपूर फाइदा ग्राहकहरूले लिन सक्ने छन् ।

ग्राहकलक्षित अफरसहित यस प्रकारको फाइनान्स सुबिधा पनि कम्पनीले आफ्ना ग्राहकहरुलाई दिँदै आइरहेको जनाएको छ । साना गाडी दोस्त, ट्रक टिप्पर साथै बसहरुमा यो सुबिधा उपलब्ध हुने छ । नेपाल भरका सम्पूर्ण शाखाहरुबाट यो सुबिधा लिन सकिने कम्पनीको भनाइ छ ।

मेलामा अशोक लेल्याण्ड गाडीहरुका लागि कम ब्याज्दरमा अधिकतम फाइनान्स सुबिधासहित स्थलगत निर्णय गरिने पनि कम्पनीले जानकारी दिएको छ ।