
काठमाडौं, २ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बितेको २४ घण्टामा देशभर गरिएको २ हजार ८८२ जनाको नमूना परीक्षणबाट ५९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ७५३ जनाको आरटी–पीसीआर गर्दा २५ जना र १ हजार १२९ जनाको एन्टिजेन परीक्षण गर्दा ३४ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ लाख ९९ हजार २४१ जना पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । पछिल्लो विवरण अनुसार नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १२ हजार १६ जना छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६१ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या ९ लाख ८५ हजार ३९५ जना पुगेको छ । यो कुल संक्रमितको ९८ दशमल ६ प्रतिशत हो ।















प्रतिक्रिया