भनिन्छ, हरेक शताब्दीमा केहि न केहि ठुला दुर्घटना घट्ने गर्छ । यहि बज्रपात अहिले नेपाल र नेपालीमाथि परेको छ । २०७२ को बैशाख १२ गते शनिबार बिहान ११.५२ बजे गोरखाको बारपाकमा केन्द्र बनेर नेपालमा आएको ७.९ रेक्टरको महाभूकम्पले राजधानीको मुटुमा रहेको धरहरा ढलायो । भूकम्प बसन्तपुर दरबार स्कवायर लगायत भक्तपुर ललितपुरका महत्वपूर्ण साँस्कृतिक र पुरातात्विक भवन मन्दिरहरु क्षत विक्षत भए । नेपालीहरु कोलाहल र त्रासदीपूर्ण जीवन भोग्न बाध्य छन् । नेपालको अधिकांश धेरै जिल्लाहरु प्रभावित छन् ।
भूकम्प आफैले मान्छे मार्दैन । मान्छेले बनाएको भौतिक संरचनाले मान्छेको बिनाश गर्छ । बर्षौ पहिले बनेका घरहरु अधिकांश ढलेका छन् । सरकार प्रशासन सबै आत्तिएका छन् । क्षेत्र गाउँ सहर टोल छिमेक सबैतिर गाँस बास कपास शोक भोक फैलिएको छ । बर्षौ लगाएर बनाएका घरहरु हेर्दा हेर्दै भताभुंग भएको छ ।
सबै त्रास र आपतमा छौ । यो बिपत्ति एक जनालाई एउटा ठाउँमा मात्र होइन । धनी गरिब साना ठुला सबै भूकम्पको चपेटामा छौ । कसैलाई थोरै असर परेको होला कसैलाई धेरै होला तर महाभूकम्पले सबैलाई हल्लाएको छ, घर भत्काएको छ, मन चर्काएको छ मुटु फुटाएको छ । भत्केको घर चर्केको मन देखेर कसको मन रोएको छैन होला र ?
आफैले बनाएको घरले पुरिएर ज्यान गएको छ, कसैले प्रियजन गुमाएका छन् कतिपयले सम्पति गुमाएका छन् । संयोगले बाँचेकाहरुको जीवन अझ कष्टकर बन्दै गएको छ । राहत खोज सहयोग गर्दा गर्दै पनि सबै क्षेत्रमा पुग्न सकेको छैन् । सरकारले धेरै क्षति पुगेका जिल्लाहरुमा संकटकाल घोषणा गरेको छ । सबै त्रास र आपतमा छौ । यो बिपत्ति एक जनालाई एउटा ठाउँमा मात्र होइन । धनी गरिब साना ठुला सबै भूकम्पको चपेटामा छौ । कसैलाई थोरै असर परेको होला कसैलाई धेरै होला तर महाभूकम्पले सबैलाई हल्लाएको छ, घर भत्काएको छ, मन चर्काएको छ मुटु फुटाएको छ । भत्केको घर चर्केको मन देखेर कसको मन रोएको छैन होला र ? महाभूकम्पको बिपत्तिमा हामी सबै आ–आफ्नो ठाउँबाट परिचालित हुनुपर्छ ।
यो कसले सहयोग गर्यो कसले गरेंन भनेर गालि गर्ने, नकारात्मक कुरा गरेर बस्ने बेला होइन् । यस्तो बेलामा हामीले आक्रोश पोखेर धैर्य गुमाएर केहि हुदैन् । यो संयमता अपनाउने, धैर्य गर्ने बेला हो । यस्तो बेलामा हामी जो ठिक छौ त्यसले आफ्नो परिवार समुदायमा के गर्न सक्छौ त्यो सहयोग गर्ने एक मानवले अर्को मानवलाई मद्दत गर्ने बेला भएको छ । विश्वभरिबाट हाम्रो यो विपत्तिलाई हटाउन आएको सहयोगको उचित व्यवस्थापन गराउन सम्बन्धित क्षेत्रले महत्वपूर्ण भूमिका खेल्नु अत्यन्तै जरुरी छ । प्राकृतिक बिपत्तिले जे जति नोक्सान गर्यो जस जसलाई हामीबाट टाढा पुर्यायो अब हामीले जति गर्दा पनि त्यो फर्काउन सक्दैनौ । त्यसैले आफ्ना आफन्त गुमाएका घाइते भएका सम्पूर्णलाई तपाई हामीले सहृदय स–प्रेम सहानुभूति र माया दर्शाउन जरुरी छ । बिबिधतामा एकता अनि धार्मिक सहिष्णुता भएको देश हो नेपाल ।
प्राकृतिक बिपत्तिले जे जति नोक्सान गर्यो जस जसलाई हामीबाट टाढा पुर्यायो अब हामीले जति गर्दा पनि त्यो फर्काउन सक्दैनौ । त्यसैले आफ्ना आफन्त गुमाएका घाइते भएका सम्पूर्णलाई तपाई हामीले सहृदय स–प्रेम सहानुभूति र माया दर्शाउन जरुरी छ ।
हामी सबै नेपाली हौ । नेपाली हुनुमा हामी गर्व गर्ने गर्छौ । एक अर्काको धर्म र संस्कृतिलाई आदर गर्छौ । हामी नेपालीहरुमा एकताको भाव छ एक अर्कालाई प्रेम गर्छौ । त्यसैले यो नरसंहारकारी भूकम्पले ल्याएको विपत्तिमा नेपाल हाम्रो घर र नेपाल आमाको सन्तती हामी नेपालीहरु एक भएर एक अर्काको दुखमा मल्हम लगाऊ । आफ्नो देश परिवारबाट टाढा रहे पनि विश्वमा छरिएर बसेका हामी नेपाली र विदेशीले समेत हाम्रो देशको महाभूकम्पले ल्याएको दुःखमा दुखिरहेका छौं । यो महाभूकम्पले निम्त्याएको यो विषम परिस्थितिमा विश्वभरिबाट सहयोग आइरहेको छ ।
घाइते अनि आफन्त गुमाएकाहरुलाई लागि हामी सद्दे रहेकाहरुले म छु, हामी छौ, हाम्रो समाज देश र विश्व छ । तपाइलाई सघाउने भनेर दह्रो आश्वासनको खाँचो छ । बिपत्ति धेरै समय रहदैन तर यसको असर बर्षौ रहन्छ । त्यसैले यो बेला सबैले मेहनत परिश्रम आशा र भरोसा राखेर देश पुनःनिर्माणमा जुट्नु छ । यो शोक मग्न अवस्थामा सबै क्षेत्र सबै संघ संस्था समाज गाउँ सहर सबै सँग हातेमालो गरेर देशको यो बिपत्तिमा एकजुट हौ । यस विपत्तिले हामी सबैलाई भावनात्मक रुपमा एक बनाएको छ । हामीले नयाँ सोच नयाँ खोज अनुसन्धानका साथ नयाँ नेपाल बनाउन कम्मर कस्नुपर्ने बेला आएको छ । यो महाभूकम्पले हामीलाई दुःखी बनाएको छ, तर हामी कमजोर छैनौ ।
बल्खु, काठमाण्डौ । हाल, इजरायल ।













प्रतिक्रिया