३ कार्तिक २०८३, मंगलबार

नागरिकता विधेयक संशोधन गर्ने व्यवस्था गर्न आग्रह

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असोज । पूर्व सुरक्षाकर्मी परिषद् नेपालले नागरिकता विधेयक संशोधन गर्ने व्यवस्था गर्न सरकारसमक्ष आग्रह गरेको छ ।

नेपालको दीर्घकालीन हित र राष्ट्रिय सुरक्षा सम्बन्धमा विज्ञहरु सम्मिलित नागरिकता आयोग गठन गरी सम्पुर्ण नागरिकता छानबिनसहितको प्रतिवेदनका आधारमा मात्र नागरिकता विधेयक संशोधन गर्ने व्यवस्था गर्न परिषद्ले माग गरेको हो ।

मुलुकमा वैवाहित अंगिकृत र जन्मको आधारमा नागरिकता वितरण गर्नु र त्यसमा कुनै पनि सर्तसमेत नराखिनुमा जनसंख्याको राजनीतिक दुश्चक्रमा फस्ने परिषदले ठहर गरेको छ ।

बसोबास तथा जन्मको आधारमा समेत नागरिकता वितरण खुल्ला गर्दा रोहिङ्गा, भुटानी र तिब्बती शरणार्थीहरुबाट पनि जन्मिने सन्ततीले समेत सहजै नेपाली नागरिकता पाउने अवस्था हुने परिषदले जारी गरेको विज्ञप्तीमा उल्लेख गरेको छ ।