३ कार्तिक २०८३, मंगलबार

अनेरास्ववियू कोटेश्वर क्याम्पसका अध्यक्ष थापा एमालेमै फर्किए

6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असोज । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)निकट अनेरास्ववियूका कोटेश्वर अध्यक्ष रामकृष्ण थापा एमालेमै फर्किएका छन् ।

उनलाई नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य बालकृष्ण शिबाकोटीले पार्टीमा स्वागत गरेका छन् । कम्युनिष्टहरू फुट्दा देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरूले पहुँच पाउने बताउँदै थापाले कम्युनिष्ट एकताका लागि आफू एमालेमै फर्किएको बताएका छन् ।

पार्टीमा फर्किएपछि थापाले एमाले दोलखाका नेताहरूसँगको केही तस्वीरहरू पोष्ट गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘आफूले दुःख गरेको पुरानो पार्टीमै फर्किने निर्णय गरियो । जनताको प्यारो पार्टी नेकपा एमाले जिन्दावाद !’

देशमा आम निर्वाचनको मिति नजिकिदै जाँदा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेको लहर चलिरहेको छ । पछिल्लो समय दैनिक सयौँ नेता–कार्यकर्तालाई पार्टीमा भित्र्याउन पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू व्यस्त हुने गरेका छन् ।

यसै सन्दर्भमा एमालेबाट चोइटिएर बनेको नेकपा एसमा संलग्न नेता–कार्यकर्ताहरू पनि मुल घर (नेकपा एमाले) मा फर्किने क्रम तीव्र बनिरहेको छ ।