३ कार्तिक २०८३, मंगलबार

वडा कार्यलयको नवनिर्मित भवन उद्घाटन (तस्वीरहरूसहित)

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेलटार (तनहुँ), १ असोज । म्याग्दे गाँउपालिका वडा नं ७ को नवनिर्मित वडा कार्यलय भवन उद्घाटन गरिएको छ ।

म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले एक समारोहकाबीच नव निर्मित वडा भवनको उद्घाटन गरे ।

करिब ४ रोपनी ६ आना क्षेत्रफलमा बनेको वडा कार्यलयको भवनको कुल लागत ३९ लाख ४३ हजार ९९० रुपैयाँ छ भने भवन निर्माण देउराली विल्डर्सले गरेको हो ।

७ नं. वडा कमिटीका अध्यक्ष बसन्त कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको विशिष्ट अतिथिमा पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरे, प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीलगायत राजनीतिक नेतृत्वहरु रहेका थिए ।

१७ वटा टोल रहेको वडामा कार्यालय भवन नहुँदा सेवाग्राहीलाई सेवा दिन समस्या परिरहेको थियो । नयाँ भवन निर्माणपछि जनतालाई थप सर्वसुलभ रुपमा सेवा दिन वडा तयार रहेको वडाध्यक्ष बसन्त श्रेष्ठको भनाइ छ ।