
हेटौंडा, १ असोज । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी निर्बाचनमा मकवानपुरको समग्र विकासको निमित्त मकवानपुरे जनताले साझा उम्मेदवारको रुपमा आफुलाई लिने बताउँदै कुनै दल व्यक्तिसँग आफ्नो नराम्रो नभएको र प्रतिशोधी भावना नभएकाले सबैको सहयोग पाउनेमा ढुक्क भएको बताएका छन् ।
आज पार्टीको हेटौंडा–८ कमानेमा आयोजित कार्यकर्ता भेलामा बोल्दै थापाले मकवानपुरको अधुरो विकासको सपना पूरा गर्न आफू चुनाबी मैदानमा आएको समेत बताए । एउटा राष्ट्रबादी प्रजातान्त्रिक शक्ति मुलुकले खोजिरहेको भन्दै थापाले स्वाभिमानी देशभक्तहरु एक ठाँउमा उभिनुपर्ने समय आएको बिचार ब्यक्त गरे ।
प्रदेश राजधानी बनाउन आफुले महत्त्वपूर्ण भुमिका निर्बाह गरेको चर्चा गर्दै थापाले यहाँको युबाहरुलाई रोजगारीको अबसर श्रीजना गर्न, रिङ्ग रोड निर्माण गर्न, बिश्वबिद्धालय स्थापना गर्न, हेटौंडा–काठमाडौं सुरुङ्ग मार्ग निर्माण गर्न, शिक्षा, स्वास्थ, खानेपानीको क्षेत्रमा काम गर्न आफू दत्तचित्त भएर लाग्ने प्रतिबद्धता ब्यक्त गरे ।
मकवानपुरको बिकासको काम सम्पन्न गर्न अझै केही काम अधुरो रहेकोले त्यो सम्पन्न गर्न आफू लाग्ने बताए । थापाले संकटको बेलामा साथ दिने मित्र हुने , घाउमा नुनचुक दल्ने मित्र हुन नसक्ने समेत टिप्पणी गरे । भेलाले बिनोद लामिछानेको अध्यक्षतामा २३ सदस्यीय राप्रपा नेपाल वडा इकाई कमिटी पुनर्गठन गरेको छ ।
कार्यक्रममा पार्टीका महामन्त्री राजाराम बर्तौला, अर्जुन ढुङ्गाना, भृगु कार्की लगायतले बोलेका थिए । कमिटीको सदस्यहरुमा सन्त बहादुर कार्की, कृष्ण आचार्य, दिपक बिक्रम अधिकारी, बिलास रिमाल, अरुण घलान, रामहरी अधिकारी, सुरेन वाईवा, सन्तोशी शाह, सपना कार्की, पार्बती अधिकारी, सलिल लो, रामकुमार अधिकारी, सीता महत र कल्याण अधिकारीलगायत छन् ।















प्रतिक्रिया