३ कार्तिक २०८३, मंगलबार

डा. गोविन्द केसीको समर्थनमा भरतपुरमा दीप प्रज्ज्वलन

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १ असोज । डा. गोविन्द केसीको २०औं सत्याग्रहको आज छैटौं दिन चितवनको भरतपुरमा दीप प्रज्ज्वलन गरिएको छ ।

उनका सात ओटै मागहरुप्रति पूर्ण रुपमा ऐक्यबद्धता जनाउँदै भरतपुरको चौबीसकोठीमा आज दीप प्रज्ज्वलन तथा सांगीतिक कार्यक्रम आयोजना गरिएको हो ।

उक्त कार्यक्रममा चितवनका विभिन्न दलका नेताहरू जीता बराल, धर्मेन्द्र सापकोटा, सिता ज्ञवाली, अगुवाहरू डा. सुबास थापा, प्रभा ढकाल, सचिन चापागाईं, भारत दवाडीलगायत अन्य युवाहरूको सहभागिता थियो ।

कार्यक्रम संयोजक प्रविन काफ्लेले भरतपुरबाट शान्तिपूर्वक यो आवाज वालुवाटार, सिंहदरबार हुँदै पूरा देशभर पुर्याउन चाहेको बताए । उनले डा. केसीको शारीरिक अवस्था निकै कमजोर रहेको भन्दै यदि उनको जीवन तलमाथि भए सिङ्गो देश श्रापबाट मुक्त नहुने धारणा समेत व्यक्त गरेका छन् ।

डा. केसी सिङ्गो देशको आवाज बनेको हुँदा तीन करोड नागरिक सडकमा उत्रिए देश गम्भीर मोडमा जाने सङ्केत गर्दै सरकारले यथाशीघ्र मागहरु सम्बोधन गरी जीवनरक्षा गर्नुपर्ने धारणा व्यक्त गरे ।