३ कार्तिक २०८३, मंगलबार

पर्यटनमन्त्री श्रेष्ठद्वारा डल्लुमा ‘भूकम्प स्मृति बहुउद्देश्यीय कभर्ड हल’ शिलान्यास

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असोज । काठमाडौंको डल्लु आवास क्षेत्रमा ‘भूकम्प स्मृति बहुउद्देश्यीय कभर्ड हल’ शिलान्यास गरिएको छ ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष समेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तराष्ट्रिय ओलम्पिक कमिटीको सहयोगमा निर्माण हुने कभर्ड हलको आज शनिबार उद्घाटन गरेका हुन् ।

साढे ४ करोड लागतमा बन्ने कभर्ड हलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता तथा तालिमहरु सञ्चालन गर्न सकिने मन्त्री श्रेष्ठले बताए । बहुउद्देश्यीय कभर्ड हल ६ रोपनी जग्गामा निर्माण हुन लागेको छ ।

कभर्ड हलमा भलिबल, ब्याडमिन्टन, टेबल टेनिसखेलका साथै ध्यान, योग, सेमिनार जस्ता कार्यक्रम सञ्चालन गर्न समेत सकिनेछ । स्थानीय स्तरमा खेलाडी उत्पादनमा पनि कभर्डहल सहयोगीसिद्ध हुने मन्त्री श्रेष्ठले बताएका छन् ।