
काठमाडौं, १ असोज । काठमाडौंको हात्तीसारमा अवस्थित लक्ष्मी बैंकको केन्द्रीयका कार्यालयमुनि पनि टुकुचा खोला भेटिएको छ ।
काठमाडौं महानगरपालिकाले बैंकनजिकै खोतल्दा टुकुचा खोला फेला पारेको जानकारी दिएको छ । शनिबार महानगरले टुकुचा खोला पत्ता लगाउन डोजर लगेर खोतलेको हो ।
सोही क्रममा १०–१२ फिट तल टुकुचा खोला फेला परेको महानगरले जानाएको छ । खोलाको बहाब क्षेत्र पत्ता लगाएर डोजरले खोतल्दा खोला फेला पारिएको महानगरको भनाइ छ ।
महानगरले केही समय पहिले खोलाको बहाब क्षेत्र पत्ता लगाउन सूचना जारी पनि गरेको थियो । यसअघि बिहीबार जय नेपाल हलको कम्पाउन्डमा टुकुचा खोला फेला परेको थियो ।
महानगरले पछिल्लो समय टुकुचा खोलाको बहाब क्षेत्र पत्ता लागाइ फेला पार्ने अभियानै सञ्चालन गरेको छ ।















प्रतिक्रिया