३ कार्तिक २०८३, मंगलबार

‘पुर्‍याइदेउ’ नामक राइडिङ सेयरिङ एप सार्वजनिक

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असोज । मोटरसाइकल यातायात व्यवसायी प्रालिले नयाँ राइड सेयररिङ एप ‘पुर्‍याइदेउ’ सार्वजनिक गरेको छ ।

यो एप नेपाली लगानी र नेपाली प्रविधिकले निर्माण गरेको राइडर सेयरिङ भएको बताइएको छ ।

आज शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त एप सार्वजनिक गरिएको हो । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी, रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टीभीका अध्यक्ष ऋषि धमला, सामाजिक अभियन्ता पुण्य गौतमलगायतले उक्त एपको आज संयुक्त रुपमा उद्घाटन गरे ।

यो एपले धेरै नेपालीलाई लाभ दिने विश्वास कम्पनीका सीईओ प्रभु विश्वेन्द्र अधिकारीको छ । ‘प्रविधिको युगमा यो एप सान्दर्भिक छ । नेपाली लगानी हो । नेपाली प्राविधिकले बनाएको हो । हामीले सेवामा गुणस्तरीयता ल्याउने हो । यो एपको आज उद्घाटन भएको छ । हामीखुशी छौँ,’ उनले भने ।

एपमा सबै प्रकारका सवारी साधनको सुविधा उपलब्ध हुने कम्पनीको भनाइ छ । साथै ‘हरदम हरपल, २४सै घण्टा सेवा उपलब्ध हुने पनि कम्पनीले स्पष्ट पारेको छ ।