३ कार्तिक २०८३, मंगलबार

एमाले अध्यक्ष ओलीले संसदमा भने– परमादेशबाट नक्कली सरकार गठन गर्नु चाहिँ प्रतिगमन हो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असोज । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढङ्गले परमादेशबाट नक्कली सरकार गठन गर्नु प्रतिगमन भएको बताएका छन् ।

प्रतिनिधिसभाको अन्तिम बैठकलाई आज सम्बोधन गर्दै ओलीले निर्वाचनमा जाने कुरालाई आफूले प्रतिगमन नभन्ने बताउँदै सो कुरा बताएका हुन् ।

‘राजनीतिक स्वार्थका कारण एउटा कोर्ष लिइसक्यो, राजनीतिक स्वार्थका कारणले एउटा गठबन्धन बनिसक्यो,’ अध्यक्ष ओलीले बैठकमा भने, ‘यसले थिति र विधि सबै मिचेर परमादेशबाट एउटा सरकार ल्याइसक्यो त्यतापट्टी छोडिदिउँ ।’

ओलीले अगाडि भने, ‘निर्वाचन हुनुलाई निर्वाचनतर्फ जाने कुरालाई प्रतिगमन भनिदैन आवश्यकता अनुसार निर्वाचन भएन र समयभित्र निर्वाचन भएन भने त्यो प्रतिगमन हुन्छ निर्वाचन नुहँदा । जे होस् हामी अब निर्वाचनतर्फ जाँदै छौँ फेरि । म यसलाई प्रतिगमन भन्दिनँ । प्रतिगमन असंवैधानिक ढङ्गले परमादेशबाट नक्कली सरकार गठन गर्नु चाहिँ प्रतिगमन हो ।’

संविधानविपरीतका काम गर्दा प्रतिगमन हुने ओलीको भनाइ थियो ।