मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

नेपालमा डेंगु संक्रमितको संख्या १३ हजार नाघ्यो, १३ जनाले गुमाए ज्यान

दैनिक नेपाल २०७९ भदौ ३१ गते १८:४३

काठमाडौं, ३१ भदौ । नेपालमा डेंगु संक्रमितको संख्या १३ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म देशभर १३ हजार ७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जसमध्ये सबैभन्दा धेरै वागमती प्रदेशमा ९ हजार ९७१ जनामा डेंगु संक्रमण देखिएको छ।

यस्तै, लुम्बिनीमा १ हजा ५ सय १०, प्रदेश १ मा ४ सय १७, सुदूरपश्चिममा ४ सय ४, गण्डकीमा २ सय ९१, मधेश प्रदेशमा २ सय २६, कर्णालमा १ सय ८८ जनामा संक्रमण देखिएको छ। त्यसैगरी डेंगु संक्रमणबाट हालसम्म १३ जनाले ज्यान गुमाएका छन् ।

नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए । हालसम्म देशभरका सात वटै प्रदेशमा डेंगु संक्रमण फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित