३ कार्तिक २०८३, मंगलबार

संविधान दिवसमा लोसपाले ‘विरोध दिवस’ मनाउने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ भदौ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ३ असोज अर्थात् संविधान दिवसका दिन ‘विरोध दिवस’ मनाउने भएको छ ।

बबरमहलस्थित केन्द्रीय कार्यालयमा आज शुक्रबार बसेको लोसपाको केन्द्रीय कार्यकारिणी समिति बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा आसन्‍न निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाउनेलगायतका विषयमा छलफल भइरहेको छ ।

३ असोज २०७२ मा नोपलमा संविधान जारी भएको थियो । संविधान जारी भएको दिन पारेर सरकारले सो दिन सार्वजनिक बिदासमेत दिने गरेको छ ।