२९ आश्विन २०८३, बिहिबार

पपुवा न्युगिनीमा फेरि ७.२ रेक्टर स्केलको

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Papuwa-New-Guineaबेइजिङ, २४ वैशाख । पपुवा न्युगिनीमा बिहीबार पुनः ७.२ रेक्टरको भूकम्प गएको समाचार छ ।

जिएमटी समयाअनुसार बिहीबार ०७१० मा पपुवा न्युगिनीको पाङ्गुनादेखि १३० किलोमिटर दक्षिण–पश्चिममा यस भूकम्पले बढी प्रभावित पारेको भौगर्भिक सर्वेक्षण संस्थाले जानकारी दिएको छ ।

यस भूकम्पको केन्द्रबिन्दु आसपासकै इलाकामा १० किलोमिटर गहिराइमा ७.२ डिग्री दक्षिणी आक्षांश र १५४.७ डिग्रीको देशान्तरमा रहेको जनाइएको छ । यस भूकम्पबाट हालसम्म मानवीय तथा सम्पत्ति क्षतिको कुनै समाचार नभएको जनाइएको छ ।

गत मङ्गलबार पनि पपुवा न्युगिनीमा न्यु ब्रिटेन क्षेत्रमा ७.४ रेक्टरको भूकम्प गएको जनाइएको छ । सो भूकम्पपछि स्थानीय तटीय क्षेत्रमा सुनामीको चेतावनीसमेत दिइएको थियो ।

सो भूकम्पको केन्द्रबिन्दु दक्षिण–पश्चिमी सहर कोकोपोदेखि १३३ किलोमिटर दक्षिणमा न्यु ब्रिटेन क्षेत्रको आसपासमा ६३ किलोमिटर गहिराइमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जानकारी दिएको थियो ।

सो भूकम्पछि प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रकले आज आएको यस भूकम्पको केन्द्रबिन्दु रहेको ३०० किलोमिटर वरपरसम्म खतरनाक सुनामीका छालहरू आउन सक्ने सम्भावना चेतावनी दिएको थियो । रासस ÷सिन्ह्वा