३ कार्तिक २०८३, मंगलबार

तत्काल ट्रमा सेन्टर सञ्चालन गर्न मुख्यमन्त्रीसँग माग (ज्ञापनपत्रसहित)

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, ३१ भदौ । जितपुरसिमरा सार्वजनिक सरोकार समितिले पथलैयामा तत्काल ट्रमा सेन्टर सन्चालन गर्न माग गर्दै इलाका प्रशासन कार्यालय, सिमरा मार्फत मधेस प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउत गद्दी लाई आज माग पत्र बुझाएको छ ।

सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले निमित्त कार्यालय प्रमुख तारा प्रसाद आचार्य मार्फत मुख्य मन्त्रीलाई मागपत्र बुझाएको हो ।

मागपत्रमा मधेस प्रदेश सरकारले प्रदेश स्वास्थ्य तालिम केन्द्र पथलैयामा सन्चालन गर्ने तयारी गरेको ट्रमा सेन्टर सन्चालन हुन न सक्नु दुःखको कुरा हो ।

प्रदेश सरकारले बिगत ३ बर्ष देखि ट्रमा सेन्टर सन्चालनका लागि बजेट बिनियोजन गर्दै आएको र मुख्यमन्त्री लालबाबु राउत गद्दीसहितको प्राविधिक टोलिद्वारा निरीक्षण गरि तत्काल कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाइएता पनी राजमार्गमा दुर्घटनामा परि घाइते हुनेहरुको तत्काल उपचार गर्ने उदेश्यका साथ स्थापना गर्ने भनिएको ट्रमा सेन्टर सन्चालन न गरेर बारा, पर्सा, रौतहट र राजमार्गमा यात्रा गर्ने यात्रुको उपचार पाउने अधिकार माथी खेलवाड गरेको यस जितपुरसिमरा सरोकार समितिको ठहर रहेको मागपत्रमा भनिएको छ ।

सरोकार समितिले मधे प्रधेस सरकारका मुख्य मन्त्री तथा मन्त्रीपरिषद कार्यालयलाई सम्बोधन गरि पठाइएको माग पत्रमा भौतिक पुर्बाधार सम्पन्न प्रधेश स्वास्थ्य तालिम केन्द्र पथलैयामा तत्काल ट्रमा सेन्टर सन्चालनमा ल्याउन जोरदार माग गर्दछौ अन्यथा सरोकार समिती आन्दोलनमा उत्रन बाध्य हुने समेत जानकारी गराइएको छ ।

मागपत्रमा नेकपा एमालेका नेता तथा सरोकार समितिका संयोजक मनोज पौडेल,नेपाली काङ्ग्रेसका नगर सभापति तथा सरोकार समितीका सदस्य छबिलाल शर्मा,राष्ट्रिय जनमोर्चाका नेता तथा सरोकार समितिका सदस्य कर्ण थापा,समाजसेबि बिदुर खडकाको हस्ताक्षर रहेको छ ।