२८ आश्विन २०८३, बुधबार

भारतबाट घटेर आयो इन्धनको मूल्य, नेपालमा के होला ?

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं, ३१ भदौ । भारतबाट इन्धनको मूल्य घटेर आएको छ ।

नेपाल आयल निगमका अनुसार शुक्रबार प्राप्त नयाँ मूल्य डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य घटेर आएको छ ।

डिजेलको मूल्य प्रतिलिटर ४४ पैसा, पेट्रोलको मूल्य ६ रुपैयाँ ५५ पैसा र हवाइ इन्धनको मूल्य एक रुपैयाँ ५० पैसा प्रतिलिटरका दरले घटेर आएको निगमले जनाएको छ ।

नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ नाफा र डिजलमा प्रतिलिटर ५ रुपैयाँ बढी घाटा रहेको निगमको दाबी छ ।

नयाँ मूल्यपछि पनि मासिक २० करोड रुपैयाँ नोक्सानी रहेको निगमको दाबी छ ।

यसअघि तीन पटकसम्म घटेर नयाँ मूल्य प्राप्त हुँदा पनि नेपालमा निगमले मूल्य घटाएको थिएन ।