
काठमाडौं, ३१ भदौ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले काठमाडौं महानगरका मेयर बालेन शाहमाथि कटाक्ष गरेका छन् ।
आज बिहान ट्वीटरमार्फत पछिल्ला कार्यको प्रशंसासहित फुटपाथ व्यवसायीलाई व्यवस्थापन गर्न सुझाव दिएका भट्टराईलाई बालेनले आफू प्रधानमन्त्री हुँदा सोच्नुपर्ने जवाफ फर्काएपछि बाबुरामले व्यङ्ग्य गरेका हुन् ।
भट्टराईले फेसबुकमा लेखेका छन् । ‘काठमाडौं ताजुव उपत्यका हो । यसले भारतीय राजा हरिसिंह देवलाई दुई वर्ष शासन गर्न दिएर लखेट्यो । पछि उनैका छोरीपट्टिका नाती जयस्थिती मल्ललाई चार सय वर्षको मल्ल शासनको जग बसाल्ने मौका दियो । पृथ्वीनारायण शाहको निर्माण गरायो । अहिले यो बालेन शाहलाई पृथ्वीनारायणको अवतार बनाउने धुनमा छ ।’













प्रतिक्रिया