
काठमाडौं, ३१ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ को निर्वाचनमा एमालेले चमत्कार गर्ने बताएका छन् ।
शुक्रबार बिहान बसेको पार्टीको संसदीय दलको बैठकमा सांसदहरुलाई बिदाइ गर्दै अध्यक्ष ओलीले यस्तो बताए ।
उनले संसदहरुलाई मंसिर ४ को निर्वाचनमा चमत्कारिक परिणाम आउनेगरी खटिन निर्देशन समेत दिए ।
‘मंसिर ४ मा आम निर्वाचन हुँदैछ । यो निर्वाचनमा एमालेले चमत्कारिक उपलब्धि हाँसिल गर्नुपर्छ । त्यसका लागि तपाईँ हामी सबैले आआफ्नो ठाउँबाट सम्पुर्ण शक्ति लगाउनुपर्छ’, अध्यक्ष ओलीले भने, ‘जो, जसले, जहाँ जे जिम्मेवारी पाइन्छ, त्यो जिम्मेवारी पुरा गर्न देश र जनतालाई शिरमा राखेर अघि बढ्नुपर्छ ।’
उनले संसदको रूपमा सानदार कार्यकाल बितेको बताए ।
‘हामीले सानदार रुपमा आफ्नो कार्यकाल पुरा गरेका छौ । सवै माननीयहरूलाई हार्दिक बधाई, दशै लगायत सबै चाडपर्वको शुभकामना’, ओलीले सांसदहरुलाई चाडपर्वको शुभकामना दिँदै भने, ‘भोलिदेखि कुनैपनि हिसाबले संसद राख्न खोज्नु तमासा मात्र हो । भोलिबाट हामी प्रचलन अनुसार नै संसदमा उपस्थित हुने छैनौं ।’













प्रतिक्रिया