
काठमाडौं, ३१ भदौ । बालुवाटारमा मन्त्रिपरिषदको बैठक जारी छ ।
शुक्रबार बिहान ९ बजेबाट सुरु बैठकमा निर्वाचनलगायत विषयमा छलफल भइरहेको बताइएको छ ।
त्यस्तै, आजको बैठक संघीय संसदको ११ औं अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने बताइएको छ ।
दलहरुले समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्नु अगाडि नै अधिवेशन अन्त्य गर्न लागेका हुन् ।
शनिबार मध्यरातबाट सदनको कार्यवधि सकिदैछ ।
त्यस्तै, निर्वाचन आयोग आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्न असोज २ र ३ गतेको समय दिएको छ ।













प्रतिक्रिया