२८ आश्विन २०८३, बुधबार

डेंगु संक्रमितका लागि काठमाडौं महानगरद्वारा २४ घण्टे हटलाइन सेवा सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ भदौ । काठमाडौं महानगरपालिकाले डेङ्गु सङ्क्रमितका लागि २४ घण्टे हटलाइन सेवा सुरु गरेको छ ।

महानगरका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत हटलाइन सेवा सुरु गरिएको बताए ।

डेङ्गु भएको शङ्का लागेमा ११८० नम्बरमा फोन गरी स्वास्थ्यकर्मीबाट परामर्श लिन सकिने उनले बताए ।

त्यस्तै, सङ्क्रमितले आवश्यक भएमा १०२ नम्बरमा फोन गरेर नि:शुल्क एम्बुलेन्स सेवा समेत लिन सक्ने उनले बताए ।