
काठमाडौं, ३१ भदौ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्वरोजगार श्रमिक व्यवस्थापन गर्न माग गरेका छन् ।
काठमाडौं महानगरका मेयर बालेन शाहसँग उनले स्वरोजगार श्रमिकका लागि ठाउँ र समय तोकेर व्यवस्थापन गर्न माग गरेका हुन् ।
डा. भट्टराईले बालेनले गरेका कार्यहरुको पनि प्रशंसा र समर्थन गरेका छन् ।
ट्वीटरमार्फत भट्टराईले स्वरोजगार श्रमिकको बाध्यतालाई बुझ बालेनसँग आग्रह गरेका हुन् ।
‘काठमाडौं महानगरपालिकालाई व्यवस्थित गर्ने, मृतप्रायः बनेका नदीलाई पुनर्जीवन दिने आदि मेयर बालेन शाहका पहल प्रशंसनीय छन्,’ उनले आज बिहान एक ट्वीटमा लेखेका छन्, ‘फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ । तर संसारभर स्वरोजगार श्रमिकहरू फुटपाथ वा सार्वजनिक ठाउँमा व्यवसाय गर्न बाध्य हुन्छन् ।’
बालेनलाई भट्टराईले भनेका छन्, ‘अतः निश्चित ठाउँ/समय तोकेर तिनको व्यवस्थापन गर्नैपर्छ ।’













प्रतिक्रिया