
काठमाडौं, ३१ भदौ । नेपाली सेनाले अधिकृत क्याडेट पदको लागि दरखास्त आह्वान गरेको छ ।
सेनाको भर्ना छनोट निर्देशनालयले खुला तथा समावेशी प्रतिस्पर्धातर्फ २२९ अधिकृत पदका लागि दरखास्त मागेको हो ।
निर्देशनालयको सूचनामा आजदेखि असोज २९ गतेसम्म आवेदन दिन उल्लेख छ ।
त्यस्तै, दोब्बर दस्तुर बुझाइ कात्तिक ७ गतेसम्म आवेदन दिन सकिनेछ ।
नेपाली सेनाका सन्तति ११, महिला २२, आदिवासी जनजाति ३०, मधेसी २८, दलित १४, पिछडिएको क्षेत्र ७ र बाँकी ११७ खुलाका लागि आवेदन आह्वान गरिएको हो ।
सूचना:














प्रतिक्रिया