२८ आश्विन २०८३, बुधबार

राष्ट्रिय सभा बैठकबाट तीन वटा विधेयक पारित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० भदौ ।  बिहीवार दुई चरणमा बसेको राष्ट्रिय सभा बैठक प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त तीनवटा विधेयक पारित गरेको हो । पारित भएका विधेयकहरुमा पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७६, बीमा विधेयक २०७५ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ रहेका छन् ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यी विधेयकहरु पारित भएको घोषणा गर्नुभयो । राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्यहरुले समसामयिक विषयमा आ–आफ्नो कुराहरु राख्नुभएको छ भने डेंगु नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गर्नुभएको छ ।

शुन्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य उदयबहादुर बोहोराले जनताको समस्या लिएर भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई भेट्न गएपनि भेट नदिएको भन्दै गुनासो गर्नुभयो ।