३ कार्तिक २०८३, मंगलबार

तातोपानी र रसुवागढी नाकाबाट नौ वटा कन्टेर नेपाल भित्रियो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० भदौ । नेपाल र चीनको प्रमुख सीमा नाका तातोपानी र रसुवागढीबाट नौ वटा कन्टेनर नेपाल भित्रिएका छन् ।

आज बिहीबार तातोपानी नाकाबाट दुई वटा र रसुवागढी नाकाबाट सात वटा कन्टेनर नेपाल भित्रिएको बताइएको छ । दुवै नाका डेढ महिनादेखि बन्द छन् ।

चीनले अघोषित रूपमा नाकाबाट कन्टेनर नेपाल छिर्न नदिएपछि नेपाली व्यापारी–व्यवसायीका कराडौंका व्यापारिक सामान सीमानामै अलपत्र परिरहेका छन् ।

ठूलो चाडपर्वका लागि लक्षित गरेर ल्याइन लागिएको ती सामानहरू नेपाल ल्याउने पहल सरकारले नगर्दा व्यापारीहरू व्यवसायबाटै पलायन हुने अवस्थामा पुगेका छन् ।