३ कार्तिक २०८३, मंगलबार

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० भदौ । युनाइटेड नेशन्स मिशन इन दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ ।

त्यहाँ तैनाथ कालीजंग गणको ११औँ डफ्फालाई बदली गरी शेर गणका एसआईबी १२औँ डफ्फाको अन्तिम टोली त्यसतर्फ पठाइएको नेपाली सेनाले जनाएको छ ।

सेनानी सुरज थापाको नेतृत्वमा २३२ जना नेपाली शान्ति सैनिकहरू आज यूएनको चार्टर्ड उडानमार्फत मिशन इलाकातर्फ प्रश्थान गरेको सैनिक मुख्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

साथै त्यस क्षेत्रमा तैनाथ श्रीजंग गणका ११औं डफ्फाको अन्तिम टोली प्रमुख सेनानी शिखर जंग बहादुर राणाको नेतृत्वमा २२९ जना नेपाली शान्ति सैनिक आजै स्वदेश आएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।