३ कार्तिक २०८३, मंगलबार

२५ वर्षीया महिलालाई बलात्कार गरी फरार रहेका श्रेष्ठ काँडाघारीबाट पक्राउ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, ३० भदौ । २५ वर्षीया एक महिलालाई बलात्कार गरी फरार रहेका एक जना पुरुष काठमाडौंको काँडाघारीबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–७ काँडाघारी बस्ने ५० वर्षीय ललित श्रेष्ठ छन् उनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

२५ वर्षीया ती महिलालाई गत आइतबार उनकै डेरामा गई जबरजस्ती करणी गरेर फरार रहेका ललितलाई प्रहरी वृत्त ठिमिबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–३२ कोटेश्वरबाट पक्राउ गरेको हो ।

घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।