
काठमाडौं, २९ भदौ । पेट्रोलियम ढुवानी व्यवसायीले नेपाल आयल निगमसँग तीन बुँदे सहमति गरेसँगै आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।
दशैँको मुखमा व्यवसायीहरुले आफ्नो माग पूरा गर्न दबाब दिँदै आन्दोलन थालेकोमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तापछि व्यवसायी आन्दोलन फिर्ता लिन सहमत भएका हुन् ।
व्यवसायीले आजैदेखि आन्दोलन फिर्ता लिएर ढुवानी गर्न थालेका हुन् । यस्तै नेपाल पेट्रोलियम टैंकर चालक संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले राखेका मागका सम्बन्धमा महासंघको प्रतिनिधिसहित सम्बन्धित संघ तथा संगठनको प्रतिनिधिहरूको उपस्थितिमा आवश्यक छलफल गरी शिघ्र उचित सम्बोधन गर्ने सहमति भएको छ ।
यस्तो छ सहमति














प्रतिक्रिया