
काठमाडौं, २९ भदौ । २० औं पटक अनसन बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ ।
गठबन्धन सरकारले आफ्ना माग पूरा नगरेपछि पुनः ६ बुँदे मागसहित धनगढी कृष्णमन्दिरको धर्मशालामा अनसन सुरू गरेका डा. केसीको स्वास्थ्यमा समस्या आएको हो ।
तेस्रो दिनदेखि टाउको दुख्ने, मांसपेशी दुख्नेजस्ता समस्या देखिएकाले सेती प्रादेशिक अस्पतालमा सारिएको हो । केसीमा दुख्ने, बाउडिने, बोल्न गाह्रो हुने लक्षण देखिएको र रगतमा सुगरको मात्रा पनि घटेको अस्पतालले जनाएको छ ।













प्रतिक्रिया