
काठमाडौं, २९ भदौ । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र राप्रपा प्रवेश गर्ने भएका छन् । राप्रपा र मिश्र निकट स्रोतहरुले उपाध्यक्षमा सहमति भइसकेको जनाएका छन् । राप्रपामा प्रवेशका लागि लामो समयदेखि संवादमा रहेका मिश्रले सहअध्यक्षको दाबी गर्दै आएका थिए ।
राप्रपामा हाल ६ उपाध्यक्ष रहेका छन् । राप्रपाका ८ जनासम्म उपाध्यक्ष हुनसक्ने व्यवस्थामा विधान छ । साझा विवेकशीलमा मिश्र निकट रहेका समूह पनि राप्रपामा प्रवेश गर्न लागेको हो ।













प्रतिक्रिया