
काठमाडौं, २९ भदौ । सप्तरीमा एकजना पुरुषको शव फेला परेको छ ।
तिलाठी कोईलाडी गाउँपालिका-१ भन्सार चौक नजिक एक जना पुरुषको शव फेला परेको हो ।
रम्पुरा मल्हनिया जाने बाटोमा अन्दाजी २० मिटर दक्षिण तर्फ कुनौली जाने दशगजामा शव फेला परेको प्रहरीले जनाएको छ ।
मृत फेला परेका अन्दाजी ४०-४५ वर्षका पुरुषको नाम र ठेगाना खुल्न नसकेको सप्तरी प्रहरीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
शवको पोस्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज ल्याइएको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया