
काठमाडौं, २९ भदौ । काठमाडौं महानगरपालिका विभिन्न क्षेत्रमा आज यातायात अवरोध हुने भएको छ ।
नानिचा याः रथ यात्राको अवसरमा महानगरको भित्री क्षेत्रमा यातायात अवरुद्ध हुने महानगरले सूचना जारी गरि जनाएको छगरी ।
महानगरपालिकाले एक सूचना जारी गर्दै नरदेवी, किलाघः, मखन, हनुमान ढोका क्षेत्र परिसर, भेडासिंहलगायतका क्षेत्रमा यातायात अवरुद्ध हुने जानकारी दिएको हो ।
नानिचा याः इन्द्रजात्राको रथयात्राको अन्तिम दिन मनाउने गरिन्छ ।
सूचनामा जात्रा अवधिभर यातायात प्रवेश निषेध गरिएको उल्लेख छ ।














प्रतिक्रिया