३ कार्तिक २०८३, मंगलबार

महारानीको शव बकिंघम दरबार पु–याइयो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Crowds take photoraphs as Queen Elizabeth's coffin is driven ina hearse through the gates of Buckingham Palace.

काठमाडौं, २९ भदौ । महारानी एलिजाबेथ द्वितीयको शव राखिएको कफिन लन्डनको बकिंघम प्यालेसमा पुगेको छ ।

स्थानीय समयअनुसार राति ८ बजे इडिनवर्गबाट दरबारमा कफिन लैँजादा भव्य स्वागत गरिएको थियो । महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको थियो ।

बीबीसीका अनुसार महारानीको राजकीय अन्तेष्टिमा शाही परिवार, विभिन्न देशका विशिष्ट व्यक्तिहरु सहभागी हुनेछन् । उक्त दिनमा सार्वजनिक बिदा घोषणा गरिएको छ। अन्तिम संस्कार गर्नुअघि महारानीको पार्थिव शरीरलाई चार दिन राजकीय अन्तिम श्रद्धाञ्जलिका लागि राखिने भएको छ ।