
काठमाडौं, २९ भदौ । नेकपा (एमाले) विदेश विभाग प्रमुख राजन भट्टराईले आगामी मंसिर ४ मा हुने संसदीय निर्वाचनमा नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई हराउने बताएका छन् ।
एक टेलिभिजन अन्तर्वार्तामा भट्टराईले यस्तो बताएका हुन् ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा एमालेको संगठन बलियो रहेको भन्दै आफूले चुनाव जित्ने बताए ।
पछिल्लो केही वर्ष निर्वाचन गुमेपनि संगठन विस्तारपछि एमालेको स्थिति राम्रो बनेको उनको तर्क छ ।
थापाले समानुपातिकसहित १४/१५ वर्ष निर्वाचन जितेर मन्त्री बनिसक्दा पनि त्यस क्षेत्रका जनताका सामान्यभन्दा सामान्य समस्या पनि सम्बोधन नभएको भट्टराईले बताए ।
त्यहाँका जनताको खानेपानीको समस्या, आवतजावत गर्ने बाटोको समस्या, ८ वर्ष अगाडि जस्ताको त्यस्तै रहेको उनले बताए ।
आफूले अहिलै बुढानिलकण्ठ नगरपालिका क्षेत्रमा पनि मेलम्चीको खानेपानी पुर्याउन पर्छ भनेर नीतिगत निर्णय पारित गराइ नगरपालिकामा साढे ५ अर्बको बजेट व्यवस्था गर्न भूमिका खेलेको भट्टराईले बताए ।
यिनै आधारमा आफूले निर्वाचन जित्ने उनको भनाइ छ ।
उनले नेपालमा पश्चिमी चासो बढ्नु चीनका गतिविधि नियाल्न नेपाल एउटा महत्त्वपूर्ण भूभाग रहेको संकेत गरे ।
उनले जुनसुकै शक्तिशाली राष्ट्रहरुले आफ्नो प्रभाव जमाउन खोज्ने तर त्यसलाई स्वीकार गर्ने नगर्ने भन्ने सम्बन्धित राष्ट्रको निर्णयमा भर पर्ने बताए ।
त्यस्तै, भट्टराईले ली र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ताबारे बोल्दै बाम एकताको कुरा नभएको बताए ।
वैदेशिक हस्तक्षेप एमालेलाई स्वीकार्य नहुने भट्टराईले जनाए । ‘चीनले बाम एकताको प्रस्ताव गरे एमालेले विरोध गर्छ’, उनले भने ।













प्रतिक्रिया