
काठमाडौं, २९ भदौ । चीनको चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यतालिका छ ।
चार दिने नेपाल भ्रमणका सोमबार नेपाल आएका उनले आज राष्ट्रपति भण्डारीसँग भेट गर्ने भएका हुन् ।
यसअघि हिजो उनले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
अध्यक्ष ली भ्रमण सम्पन्न गरी बिहीबार बिहान विशेष विमानबाट स्वदेश फर्कने कार्यक्रम छ ।













प्रतिक्रिया