२८ आश्विन २०८३, बुधबार

पल साहसँग मैले क्षतिपूर्ति मागेकी र लिएकी छैनः गायिका समीक्षा अधिकारी

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायिका समीक्षा अधिकारीले आफूले पल साहसँग कुनै पनि क्षतिपूर्ति नमागेको स्पष्ट पारेकी छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो बताएकी हुन् । केही दिनअघि नवलपुर जिल्ला अदालतले अभिनेता साहलाई बाल यौन दुराचार गरेको ठहर गर्दै साढे २ वर्षको जेल सजाय २५ हजार रुपैयाँ जरिवाना र १० लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । यस विषयलाई लिएर सामाजिक सञ्जालमा आफूविरुद्ध नकारात्मक गालीगलौजप्रति दुःख पोख्दै समीक्षाले यस्तो स्पष्ट पारेकी हुन् ।

अधिकारीले आफूविरुद्ध नकारात्मक कमेन्ट आएकोमा दुःख व्यक्त गर्दै आफूले कुनै क्षतिपूर्ति नमागेको र त्यो रकम आफूले लिने मनशाय पनि नरहेको स्पष्ट पारेकी छन् ।

आफूविरुद्ध सामाजिक सञ्जालमा त्यस्ता नकारात्मक फोटो बनाएर पोष्ट नगरिदिन पनि अधिकारीले आग्रह गरेकी छन् । आफ्नै घरमा भएको जस्तै समस्या सोचिदिन उनको अपील छ । ‘सामाजिक सञ्जालमा मेरो विरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले गर्दा मेरो मानसपटलमा नकरात्मक प्रभाव परेको छ। कृपया आफ्नै घरको घटना जस्तो सम्झेर मेरो समस्यालाई नियालिदिनुहोला’, उनले लेखेकी छन्,‘मैले क्षतिपूर्तिबापत वा अन्य कुनै पनि रकम माग गरेकी र लिएकी छैन। क्षतिपूर्ति बापतको उक्त रकम लिने मेरो मनशाय पनि छैन ।’

Samikshya Adhikari

<iframe src=”https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2Fsamikshya.adhikari.5209%2Fposts%2Fpfbid02N3ewciFoq9RmecYFA74pVBiuvuV5zUdhHfQgi2jBY167Vhha4EpJxTEHvRPLBHbhl&show_text=true&width=500″ width=”500″ height=”343″ style=”border:none;overflow:hidden” scrolling=”no” frameborder=”0″ allowfullscreen=”true” allow=”autoplay; clipboard-write; encrypted-media; picture-in-picture; web-share”></iframe>