३० आश्विन २०८३, शुक्रबार

भूकम्प पीडितको पुनर्वासमा सुनचाँदी व्यवसायीले सघाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sun-chadi-rahat (2)

– नरेश केसी
भैरहवा, २४ वैशाख । सुनचाँदी व्यवसायी महासंघले महाभूकम्पमा परि घरबार विहीन भएकाहरुको पुनर्वास र क्षतविक्षत भएका संरचनाको पुनर्निर्माणमा सघाउने घोषणा गरेको छ ।

त्यसका लागि व्यवसायीहरुले जिल्ला शाखाबाट नगद राहत रकम संकलन गरिरहेका छन् । गत बैशाख १२ गतेको विनाशकारी भूकम्पमापरी ओत लाग्ने छानो गुमाएहरुको लागि महासंघले प्रधानमन्त्री राहत कोष अन्तरगत रही भूकम्प प्रतिरोधात्मक भवन निर्माणमा विशेष सघाउने योजना बनाएको महासंघका केन्द्रिय उपाध्यक्ष प्रेम कुमार सेन्चुरीले जनाएका छन् ।

महासंघमा नेपालभरी १२ हजार भन्दा बढी सुनचाँदी व्यवसाय गर्ने व्यवसायीहरु आबद्ध छन् । व्यवसायीहरुले प्रदान गर्ने स्वईच्छीक राहत रकमले पीडितहरुको पुरै संरचना निर्माण गर्न नसकेपनि केही घरहरु निर्माणमा कोसेढुंगे सावित हुने विश्वास आफुहरुले लिएको महासंघका केन्द्रिय उपाध्यक्ष सेन्चुरीले जनाए ।

भूकम्प पीडितलाई रुपन्देहीका सुनचाँदीको ६ लाख राहत सहयोग

यस्तै, रुपन्देही सुनचाँदी व्यवसायी संघ रुपन्देहीले भूकम्प पीडितहरुको लागी ६ लाख ११ रुपैंया हजार सहयोग गर्ने भएको छ । संघले आज विहीवार भैरहवामा पत्रकार सम्मेलन गरि सो रकम बराबरको चेक रुपन्देही सुनचाँदी व्यवसायी संघले सुनँचादी व्यवसायी महासंघलाई हस्तान्तरण गरेको हो ।

संघका जिल्ला अध्यक्ष विक्रम बहादुर सुनारले महासंघका केन्द्रिय उपाध्यक्ष प्रेम कुमार सेन्चुरीलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । संघका जिल्ला अध्यक्ष विक्रम बहादुर सुनारको अध्यक्षता, जिल्ला सचिव रामकिसुन विकेको सञ्चालनमा सम्पन्न उक्त राहत रकम हस्तान्तरण कार्यक्रममा महासंघका केन्द्रिय सदस्य जोगलाल विश्वकर्मा, बुटवल उपशाखा अध्यक्ष दीपक विक, सैनामैना अध्यक्ष भुवनसिंह बराल, तिलोत्तमा अध्यक्ष पप्पु सेन्चुरी, राजु विके लगायतको आतिथ्यता रहेको थियो ।

रुपन्देहीमा सुनचाँदी व्यवसायी संघले संघमा आवद्ध २ सय ६० जना व्यवसायीले सो रकम महासंघको भूकम्प पीडित राहत कोषमा जम्मा गर्नेगरि स्वइच्छाले रकम संकलन गरेको जिल्ला सचिव रामकिसन विकेले जनाए ।

Sun-chadi-rahat (1)  Sun-chadi-rahat (3) Sun-chadi-rahat (4) Sun-chadi-rahat (5)