
लन्डन, २८ भदौ । बेलायती राजा चार्ल्स तृतीयले सोमबार पहिलो पटक संसदलाई सम्बोधन गरेका छन्।
बेलायती महारानी एलिजावेथ द्वितीयको निधन भएपछि बेलायती राजा बनेका चार्ल्स तृतीयले पहिलो पटक संसदलाई सम्बोधन गरेका हुन्। सेन्ट जेम्स प्यालेसबाट गरेको आफ्नो सम्बोधनमा उनले आफ्नी स्वर्गीय आमा महारानी एलिजाबेथ द्वितीयाप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
उनले महारानीको उत्तराधिकारीका रूपमा पाएको ‘महान विरासत, सार्वभौमिकताको कर्तव्य र भारी जिम्मेवारी’हरू आफुमा हस्तान्तरण गरिएको जानकारी सम्बोधनका क्रममा संसदलाई दिए । सम्बोधनमा राजा चार्ल्सले आफ्नी आमाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै भने, ‘मेरी प्यारी आमा महारानीको मृत्युको घोषणा गर्नु कर्तव्य हो । बेलायतकी महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा बिहीबार अपराह्न बालमोरल क्यासलमा शान्तिपूर्वक निधन भएको थियो ।’

‘मेरी आमाको शासनकाल यसको अवधि, समर्पण र भक्तिमा असमान थियो । दुःखी हुँदा पनि हामी यस अत्यन्तै विश्वासी जीवनको लागि धन्यवाद दिन्छौं । म यस महान् विरासत र सार्वभौमिकताको कर्तव्य र भारी जिम्मेवारीहरूको बारेमा गहिरो रूपमा सचेत छु । जिम्मेवारी अहिले मलाई हस्तान्तरण गरिएको छ । यी जिम्मेवारीहरू सम्हाल्दै, म संवैधानिक सरकार कायम गर्न र यी टापुहरू र कमनवेल्थ क्षेत्रहरूको विश्वभरिका मानिसहरूको शान्ति, सद्भाव र समृद्धि खोज्नको लागि मैले स्थापित गरेको प्रेरणादायी उदाहरण पछ्याउने प्रयास गर्नेछु ।’ उनले भने ।















प्रतिक्रिया