२८ आश्विन २०८३, बुधबार

प्रधानसेनापति शर्मा र अमेरिकी राजदूत् र्‍यान्डी बेरीबीच भेटवार्ता

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ भदौ । प्रधानसेनापति प्रभुराम शर्मा र अमेरिकाका राजदूत र्‍यान्डी बेरीबीच सोमबार जंगी अड्डास्थित भेटवार्ता भएको छ ।

राजदूत बेरीले आफ्नो कार्यकाल सम्पन्न गरी स्वदेश फिर्ता जान लागेको अवसरमा सो भेटवार्ता भएको नेपाली सेनाले जानकारी दिएको छ ।

उक्त भेटवार्तामा प्रधानसेनापति शर्माले राजदूत बेरीले पूरा गरेको सफल कार्यकालको लागि बधाई दिँदै सुखद भविष्यका लागि शुभकामना समेत दिएका थिए ।

यस किसिमको भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको विज्ञप्तिमा बताइएको छ ।