२८ आश्विन २०८३, बुधबार

प्रचण्डसँग गृहमन्त्री र कानुनमन्त्रीको भेटवार्ता

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ भदौ । सत्तारुढ घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गृहमन्त्री बालकृष्ण खाँण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा(कोइराला)ले भेटवार्ता गरेका छन् ।

उनीहरु आज बिहान प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए ।

उनीहरूबीच सिट बाँडफाँडकै सेरोफेरोमा रहेर कुराकानी भएको बताइएको छ ।

भेटमा मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन, प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रक्रियामा रहेका विभिन्न विधेयकका विषयमा कुराकानी भएको गृहमन्त्री खाँणले जनाए ।