३० आश्विन २०८३, शुक्रबार

महाभियोग पारित गरेर देखाउन जबराको चुनौती

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ भदौ । प्रतिनिधिसभा महाभियोग सिफारिस समितिमा बयान दिँदै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले महाभियोगको विषय दुईचार दिनभित्र टुंगो लगाउन आग्रह गरेका छन्।

समितिको बैठकमा आइतबार बयान दिन उपस्थित उनले आफूविरुद्ध महाभियोग लगाएर संसद्ले आफूअनुकूल प्रधानन्यायाधीश बनाउन खोजेको धारणा राखेका थिए। उनले प्रतिनिधिसभाको कार्यकाल असोज १ गते सकिने अवस्थालाई संकेत गर्दै आफ्नो कार्यकाल भने मंसिर २७ सम्म रहेको बताए।

जबराले महाभियोग दुईतिहाइले पारित गर्न चुनौती पनि दिए। उनले भने, ‘मलाई लगाएको आरोप अरूलाई लगाएको भए भागिसक्थे तर मलाई महाभियोग पारित हुन्छ भन्ने पटक्कै विश्वास थिएन, छैन, त्यसैले म यहाँ जवाफ दिन आएको हुँ।’ उनले महाभियोगमा लगाइएका आरोप सत्य नभएकाले आफू खुलेर जवाफ दिन सक्ने अवस्थामा रहेको बताए। आजको नागरिक दैनिकमा खबर छ ।