२८ आश्विन २०८३, बुधबार

महोत्तरीमा स्यालले टोकाइबाट चारजना गम्भीर घाइते

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी, २६ भदौ । महोत्तरीको पिपरा गाउँपालिका–६ रतौली गाउँमा आज स्यालले टोक्दा चारजना गम्भीर घाइते भएका छन् ।

उनीहरु सबै एउटै टोलका रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद पँगेनीका अनुसार घाइते हुनेमा तीन महिला र एक पुरुष रहेका छन् ।

गाउँ नजिकैको वनको झारीबाट टोलमा पसेको एउटा स्यालले स्थानीय ३५ वर्षीया पुनमदेवी सोनार, १३ वर्षीया रेणुकुमारी सदा, ६५ वर्षीया सोनावती सदा र १६ वर्षीया बबन चौधरीलाई टोकेर घाइते बनाएको हो ।

घाइतेको अनुहार, पेट, छाती तथा शरीरको अन्य भागमा घाउ छ ।

चारै जनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको बताइएको छ । –रासस