
काठमाडौं, २६ भदौ । नेकपा (एमाले)का केन्द्रीस सदस्य निर्मल भट्टराईले गठबनधन दलहरुबीचको सिट बाँफबाँडका विषयमा कटाक्ष गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत तीखो व्यंग्य गरेका छन् । भट्टराईले कांग्रेसले प्रचण्ड र माधव नेपालहरुलाई बिरोलोले मुसो खेलाए जसरी सिट बाँडफाँडका नाममा खेलाएको र निर्वाचनपछि निल्ने टिप्पणी गरेका छन् ।
‘नेपाली काङ्ग्रेसले माओवादी केन्द्र, माधव समूह र जसपाहरूलाई सीट बाँडफाँडको नाउँमा विरालोले मुसो खेलाएजस्तो गरिरहेको छ’, उनले लेखेका छन्, ‘उसले बामपन्थी प्रचण्ड र माधवलाई बडो स्वादले खेलाइ रहेछ ।
इतिहासमै यसरी बामपन्थी खेलाउन कांग्रेसले कहिल्यै पाएको थिएन ।’ उनले अगाडि लेखेका छन्, ‘जसरी बिरालोले आफ्नो पञ्जामा आएको मुसोलाई मन लागुन्जेल खेलाउँछ र खान्छ, त्यसरी नै काङ्ग्रेसले उनीहरूलाई चुनावसम्म खेलाउने प्रष्ट भयो ।
आखिर माओवादी केन्द्र र माधव समूह निलेर नै आगामी निर्वाचनमा नेपाली कांग्रेस टन्न हुने हो ।’ पछिल्ला केही दिनदेखि गठबन्धनका दलहरुबीच सिट बाँडफाँडको विषय टुंगिन सकेको छैन ।
निर्वाचन नजिकिँदै गर्दा आआफ्ना मुद्दा र एजेण्डामा व्यस्त हुनुपर्ने सत्तारुढ दलहरु भागवण्डामै रुमलिएपछि चौतर्फी आलोचना भएको छ ।













प्रतिक्रिया