
काठमाडौं, २६ भदौ । पर्सामा एकजना महिलाले तिम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । बिहीबार शल्यक्रियामार्फत उनको कोखबाट एकै पटक तीन वटा छोराको जन्म भएको हो ।
पर्साको पर्सागढी नगरपलिका वडा नं। ९ बस्ने ललितादेवी थरुनीले तीन सन्तानलाई जन्म दिएकी हुन् । महिलाले प्रभु अस्पताल वीरगञ्जमा बच्चा जन्माएकी हुन् । उनले १० वर्षअघि वृज चौधरी थारुसँग विवाह गरेकी थिइन् ।
विभिन्न अस्पताल चाहारेपनि १० वर्षसम्म चौधरी दम्पतीको कुनै सन्तान हुन सकेन । आईभीएफ प्रविधिबाट गर्भ राखिएको थियो । आमा तथा तीनवटै बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् ।













प्रतिक्रिया